इलाम १ : झलनाथले महेशलाई उछिन्न सकेनन्

काठमाडौँ । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार महेश वस्नेतले अग्रता कायमै राखेका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वस्नेतलाई पच्छाइरहेका छन् । अहिले ४ बजेसम्मको मत गणनामा २ हजार ३ सय १ मतले वस्नेतले अग्रता कायम राखेका छन् ।

बस्नेतले १९ हजार ३ सय ५२ मत ल्याएका छन् भने खनालको १७ हजार ५१ मत ल्याएका छन् ।

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ। गणना हुन बाकी मत १४ हजार ८ सय ३४ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =