रुपन्देही ३ : गृहमन्त्री खाँण पराजित, राप्रपाका बोहोरा विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहरा विजयी भएका छन् ।

बोहोराले गृहमन्त्री एव‌ं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६८१ मत अन्तरले पराजित गरेका हुन् ।

रुपन्देही ३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार ९३ हजार ६ सय ५ सय ६७ मतमध्ये बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेका थिए । खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । बोहरालाई एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =