सिरहाको गोलबजारमा सडक अवरूद्ध

काठमाडौँ । नेकपा माओवादी केन्द्र कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सडक अवरूद्ध गरेका छन् ।

सिरहा क्षेत्र नम्बर ३ मा निर्वाचित भएपछि एमालेका लीलानाथ श्रेष्ठसहितको विजय र्‍यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ निकटतम् प्रतिद्वन्द्वी माओवादीका विश्वनाथ साहका दाइ शिवनाथ साहको घरमा ढुंगामुढा गरेको विरोधमा गए रातीदेखि माओवादी कार्यकर्ताले सडक अवरूद्ध गरेका छन्।

राती करिब १० बजेपछि प्रहरीले बाटो खुलाएको थियो। एमाले कार्यकर्ताले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाएको माओवादी कार्यकर्ताको आरोप छ।

टाउकोमा चार वटा टाँका लगाइएका साहको अहिले गोलबजारस्थित लाइफ लङ अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =