धनुषा २ : मुख्य निर्वाचन अधिकृतलाई बर्खास्त गरी पुनः मतदानकाे माग गर्दै एमालेको प्रदर्शन

जनकपुरधाम । धनुषा २ को मतगणनामा धाँधली गरेको भन्दै मुख्य निर्वाचन अधिकृत रहेका सरकारी वकिल धर्मअवतार कोइरालालाई कारबाही गर्न नेकपा एमालेले आज जनकपुरधाममा प्रदर्शन गरेको छ । एमाले उम्मेदवार उमाशंकर अरगरिया र उनका समर्थकहरुले आज जनकपुरधाममा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले मुख्य निर्वाचन अधिकृत कोइरालालाई कारबाही गर, अर्को बाकसमा खसेको सदर मत गणना गर, आयोगको निर्देशिका बमोजिम मत गणना गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाएका छन् । उम्मेदवार अरगरियाले प्रदेशसभाको बाकसमा खसेको करिब ४ सय सदर मत गणना नगरी परिणाम घोषणा गरी आफूलाई षड्यन्त्रपूर्वक पराजित गरेको आरोप लगाएका छन् ।

भिडिओ

उनले भने, ‘५ मतले म अगाडी थिए । तर आधा घण्टामै १६ वटा वडाको मतगणना सकाएर हतार हतार परिणाम घोषणा गर्ने काम मुख्य निर्वाचन अधिकृतले गरे । मविरुद्ध ठूलो षड्यन्त्र भयो । यसविरूद्ध म सडकसंगै कानुनी लडाई लड्छौँ ।’ ‘जनताको मतले म निर्वाचित भएको छु’, उम्मेदवार अरगरियाले भने, ‘कसैले कसैलाई सर्टिफिकेट दिँदैमा कोही सांसद हुन सक्दैन । जनताको सांसद म हुँ । निष्पक्ष तरिकाले पुनः मतगणना गर्न सरकार र निर्वाचन आयोगसँग माग गर्दछु ।’

मुख्य निर्वाचन अधिकृत कोइरालाले कुन मतदान केन्द्रमा कति मत खसेको र कति मत गणना भएको सूचना पनि दिन नमानेको उम्मेदवार अरगरियाको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *