गण्डकीमा ३४ सीट टुंगियोः कांग्रेस १६, एमाले १२ सीटमा विजयी (सूचीसहित)

पोखरा । गण्डकीमा प्रदेश सभातर्फ प्रत्यक्षको ३४ सीटको नतिजा आएको छ । स्याङजा २ निर्वाचन क्षेत्रको गन्न बाँकी छ । ३६ निर्वाचन क्षेत्र मध्ये कांग्रेसले १६ सीट जित्दै पहिलो स्थानमा छ ।

एमालेले १२ सिट जित्दा माओवादीले ५ सिटमा विजय हासिल गरेको छ । मनाङको एक सिटमा स्वतन्त्रले जितेका छन् । कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ १ (क), तनहुँ २ (ख), मनाङ १ (क) मा जितेको हो । यसैगरी कास्की २ (ख), ३(ख), नवलवुर १ (क), लमजुङका दुवै क्षेत्रमा विजय हासिल गरेको छ ।

एमालेले नवलपुर १ को (ख), २ (क) र (ख), कास्की १ (क), १(ख), २ (क) र ३ (क) तथा तनहुँ २ (क) मा चुनाव जितेको छ । पर्वतका दुवै क्षेत्रमा एमालेले जित निकालेको छ । स्याङ्जा १ (क) र १ (ख) मा पनि एमालेले जितेको छ । माओवादीले गोरखा १ (क) र २ (क) तथा म्याग्दीका दुवै क्षेत्रमा जीत निकालेको छ ।

तनहुँका १ (ख) मा पनि माओवादी विजयी भएको छ । मनाङ (ख) मा भने राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए । स्याङजाका २ क्षेत्रमा गणना नै सुरु भएको छैन । यहाँको गणना गर्ने कि पुनः मतदान गर्ने भन्ने टुंगो लागेको छैन ।

हेर्नुस् सूची

कास्की १ (१) – खगराज अधिकारी,
एमाले कास्की १ (२) – वेदबहादुर गुरुङ,
एमाले कास्की २ (१) – भीम कार्की,
एमाले कास्की २ (२) – विन्दुकुमार थापा,
कांग्रेस कास्की ३ (१) – गणेशमान गुरुङ,
एमाले कास्की ३ (२) – प्रकाशल बराल,
कांग्रेस तनहुँ १ (१) – अशोककुमार श्रेष्ठ,
कांग्रेस तनहुँ १ (२) – हरिबहादुर चुमान,
माओवादी केन्द्र तनहुँ २ (१) – श्यामराजा महत,
एमाले तनहुँ २ (२) – जीतप्रकाश आले,
कांग्रेस लमजुङ १ – डा. टकराज गुरुङ,
कांग्रेस लमजुङ २ – भेषबहादुर पौडेल,
कांग्रेस मनाङ १ – मुनिन्द्र गुरुङ,
कांग्रेस मनाङ २ – राजीव गुरुङ ( स्वतन्त्र निर्विरोध निर्वाचित)
मुस्ताङ १ – नाम्डु गुरुङ,
कांग्रेस मुस्ताङ २ – विकल शेरचन,
कांग्रेस म्याग्दी १ – हरि भण्डारी,
माओवादी केन्द्र म्याग्दी २ – रमेश जुग्जाली,
माओवादी केन्द्र बागलुङ १ (१) – दीपेन्द्रबहादुर थापा,
कांग्रेस बागलुङ १ (२) – डिल्लीराम सुवेदी,
कांग्रेस बागलुङ २ (१) – जित शेरचन,
कांग्रेस बागलुङ २ (२) – द्रोण कुँवर,
कांग्रेस पर्वत १ – भक्त कुँवर,
एमाले पर्वत २ – मित्रलाल बस्याल,
एमाले स्याङ्जा १ (१) – सीता सुन्दास,
एमाले स्याङ्जा १ (२) – सुधीर पौडेल,
कांग्रेसको अग्रता स्याङ्जा २ (१)
– मतगणना अनिश्चित स्याङ्जा २ (२)
–मतगणना अनिश्चित नवलपरासी पूर्व १ (१)
– महेन्द्रध्वज जीसी, कांग्रेस नवलपरासी पूर्व १ (२)
– रोशन गाहा, एमाले नवलपरासी पूर्व २ (१)
– पद्मा जीसी श्रेष्ठ, एमाले नवलपरासी पूर्व २ (२)
– लक्ष्मण पाण्डे, एमाले गोरखा १ (१)
– कृष्ण धिताल, नेकपा (माओवादी केन्द्र) गोरखा १ (२)
– नन्दप्रसाद न्यौपाने, कांग्रेस गोरखा २ (१)
– फणिन्द्र देवकोटा, नेपाल समाजवादी पार्टी गोरखा २ (२)
– सुरेन्द्रराज पाण्डे, कांग्रेस
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *