चितवन-३ मा राप्रपाका विक्रम पाण्डे विजयी

काठमाडाैँ । चितवन-३ बाट प्रतिनिधिसभामा राप्रपाका विक्रम पाण्डे विजयी भएका छन् । पाण्डेले ३४ हजार ३६२ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९ मत पाएकी छन् ।

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका दिनेश कोइरालाले १२ हजार ५७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =