कास्कीको समानुपातिक मत : रुखमा भन्दा घण्टीमा धेरै, २ नम्बरमा पहिलो बन्याे घण्टी
२०७९ मंसिर ९ गते

पोखरा । कास्कीबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ कांग्रेस भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी भएको छ । जिल्लाभर एमालेले ५४ हजार ३ सय २ मत ल्याएर पहिलो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ हजार ९ सय ७२ मत सहित दोस्रो स्थान समातेको छ ।
नेपाली कांग्रेसले स्वतन्त्र पार्टी भन्दा १ हजार मत कम पायो । कांग्रेसको ४२ हजार ६ सय ३८ मत मात्रै छ । माओवादीले ११ हजार २ सय ७१ मत पाउँदा राप्रपा ११ हजार २ सय ७१ मत सहित पाँचौँ भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा रास्वपाले एमालेलाई पनि उछिनेको छ । रास्वपाले १३ हजार ९ सय ६५ मत पाउँदा एमालेले १३ हजार ५ सय १३ तथा नेपाली कांग्रेसले १० हजार ५ सय ३९ मत पायो । जिल्लाभर एकीकृत समाजवादीले २ हजार ८ सय ७६, हाम्रो नेपाली पार्टीले २ हजार ३ सय ३५ मत पाएको छ भने मंगोल नेशनल अर्गनाइजेसनले १ हजार १ सय ३८ मत पायो ।जनता समाजवादीले १ हजार ८५ मत पाएको छ । अरु सबै दलहरुले १ हजार भन्दा कम मत पाए ।
कास्कीबाट प्रदेश सभा तर्फ एमाले नै पहिलो पार्टी भएको छ । एमालेले प्रतिनिधि सभामा भन्दा ११ हजार बढी अर्थात ६५ हजार ९ सय ३९ मत पाएको छ । नेपाली कांग्रेसले प्रतिनिधि सभामा भन्दा करिब ८ हजार बढी अर्थात ४९ हजार ५ सय ८२ मत पायो । राप्रपाले पनि प्रतिनिधि सभामा भन्दा बढी मत पाएको छ । राप्रपाको १७ हजार ८ सय ८२ मत आउँदा माओवादी प्रदेश तर्फ राप्रपा भन्दा पछाडि परेको छ ।
माओवादीले १३ हजार ५ सय ७४ मत मात्रै पायो भने हाम्रो नेपाली पार्टीले ८ हजार ४ सय ५६, नेकपा एसले ४ हजार १ सय १९, नेशनल मंगोल अर्गनाइजेसनले १ हजार ८ सय २६, जसपाले १ हजार ५ सय ८३ पाएको छ ।
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित









