चन्द्र भण्डारी र प्रदीप ज्ञवालीलाई आलोपालो जिताउने गुल्मेली जनता

काठमाडौँ । गुल्मी १ बाट यसपटक नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले जितेका छन् । गुल्मी १ का मतदाताले कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीलाई आलोपालो जिताएको इतिहास रहेको छ । भण्डारी र ज्ञवाली २०६४ सालदेखिको निर्वाचनमा आमनेसामने भइराखेका छन् ।

२०६४ सालमा संविधान सभाको पहिलो चुनाव भयो । एमालेका प्रदीप ज्ञवालीले चुनाव जिते । २०७० मा फेरि चन्द्र भण्डारीले ज्ञवालीसँग बदला लिए । २०७४ मा फेरि ज्ञवाली र भण्डारी नै आमने–सामने भएका थिए । २०७४ मा फेरि बदला लिने पालो ज्ञवालीको आए । ज्ञवाली निर्वाचित भए ।

यस पटकको निर्वाचनमा यी दुई नेता फेरि आमनेसामने भए । अहिले बदला लिने पालो भण्डारीको थियो । बदला लिएर छोडे । ज्ञवाली पराजित भए । गुल्मेली जनताले आलोपालो भण्डारी र ज्ञवालीलाई जिताइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *