कास्कीका तीनै क्षेत्र एमालेको पक्षमा, प्रदेश सभाका २ सिट कांग्रेसलाई

पोखरा । प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर १ मा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका किशोरदत्त बराललाई पराजित गरेर संघीय संसद छिर्ने बाटो खोलेका हुन् । गुरुङले २५ हजार ७ सय ८ मत ल्याउँदा बरालले २३ हजार १ सय ८९ मत ल्याए ।

योसँगै कास्कीका तीनै प्रतिनिधि सभा सदस्य एमालेले जितेको छ । क्षेत्र नम्बर २ मा विद्या भट्टराई र ३ मा दामोदर पौडेल बैरागी विजयी भएका छन् । प्रदेश सभा तर्फ भने ४ सीट एमाले र २ सीट कांग्रेस विजयी भएको छ ।

प्रदेशसभा १(क) मा एमालेका खगराज अधिकारी, (ख) मा बेदबहादुर गुरुङ, २ (क) मा भीम कार्की र ३ (क) मा गणेशमान गुरुङ विजयी भए ।

कास्की २ (ख) मा कांग्रेसका विन्दुकुमार थापा र ३ (ख) मा कांग्रेसकै प्रकाश बरालले चुनाव जिते । बरालले निवर्तमान सांसद एमालेका राजीव पहारीलाई हराएका हुन् भने २ (ख) का थापा दोश्रो पटक निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *