हारेपछि शेरधन भन्छन् : गठबन्धनले भ्रम छर्ने काम गरे

काठमाडौँ । प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले हार स्वीकार गर्दै मतदातालाई निराश नहुन अनुरोध गरेका छन् ।

शुक्रबार भोजपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले चुनावी प्रतिस्पर्धामा हारजित स्वभाविक प्रक्रिया भएको पनि बताएका छन्।

‘चुनावमा हारजित हुन्छ यसलाई स्वीकारेको छु। म पराजित भएर केही फरक परेको छैनु, उनले भने,ुतर जिल्ला र भोजपुरबासीलाई फरक परेमा अफशोच हुनेछ। सबै मतदाता र शुभेच्छुकलाई निराश नहुन आग्रह गर्दछु। म सबैलाई निराश नहुन हार्दिक आह्वान गर्छु।’

उनले चुनावका क्रममा सत्ता गठबन्धनले भ्रम छर्ने काम पनि गरेको बताएका छन्।

‘भ्रम, कु(प्रचार, चरित्र हत्या र पैसा वितरणबीच स्वच्छता, इमान्दारिता, विकास र पारदर्शिताको पक्षमा माया गरे भोट हालिदिनु भएको छ’ उनले भने, ‘बरु अबको लडाइँका लागि तयार रहन आग्रह गर्छु। आग्रह र पूर्वाग्रहबीच पनि हामीले राम्रो भोट पायौँ। तर निर्वाचनमा भएका घातअन्तर्घातको पनि निर्वाचन परिणामको समीक्षा हुनेछु ।’

भोजपुरमा लोकतान्त्रिक(वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन्।

उनलेले २८ हजार ५ सय ७५ मत पाएका छन् धने शेरधन २६ हजार १९३ मात्र प्राप्त गरे। उनीहरुबीचको मतान्तर २ हजार ३ सय ८५ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =