रुपन्देही-२ : मतगणनामा बढी मतपत्र भेटिएको भन्दै पुनः मतदानको माग

काठमाडौँ । रुपन्देही–२ को मतगणना अवरुद्ध भएको छ । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको हो ।

मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध गरेपछि मतगणना रोकिएको हो ।

मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि एमाले इतरका दलका प्रतिनिधिहरुले मतदान अघि बढ्न नदिएका हुन् । मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा मतपत्रको संख्या बढी नभएको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए । ८१ हजार मतमध्ये ६ हजार मत गन्न बाँकी छँदा मतगणना अवरुद्ध भएको हो ।

सत्ता गठबन्धनमा आवद्ध दल र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =