गुल्मी १ : प्रदीप ज्ञवाली पराजित, चन्द्र भण्डारी विजयी

रुपन्देही । गुल्मीको क्षेत्र नं १ बाट नेकपा एमालेका उपमहाुचिव प्रदीप ज्ञवाली पराजित भएका छन् । उनलाई पराजित गर्दै नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी विजयी भएका छन्।

मतगणना नसकिदै गणना गर्न बाँकी रहेको मतभन्दा भण्डारीले लिएको अग्रताले उनको जित निश्चित भएको हो । यसअघि सोही क्षेत्रबाट निर्वाचित ज्ञवाली र भण्डारीको यो चौथो प्रतिस्पर्धा हो ।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको छ। ज्ञवाली ०५६ देखि सो क्षेत्रमा निरन्तर चुनाव लडेदै आएका छन् भने भण्डारी ०६४ देखि लड्दै आएका छन् । भण्डारी ०७० मा एकपटक निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =