कास्की १ : एमालेका मनबहादुर गुरुङ विजयी

काठमाडौँ । कास्की १ मा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका हुन् ।

गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन् ।

एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *