एमालेमा मुख्यमन्त्रीका दावेदार अधिकारी कास्की १(क) बाट निर्वाचित

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन् । अधिकारीले नेकपा माओवादीका दिपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी भएका हुन् ।

अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे । कोइराला यस अगाडी गण्डकी प्रदेश सभा सदस्य थिए भने अधिकारी प्रतिनिधि सभा सदस्य थिए ।

अधिकारीलाई मुख्यमन्त्री बनाउन एमालेले प्रदेशमा झारेको चर्चा छ । तर एमाले अहिलेको निर्वाचनमा कमजोर भएको छ । राजनीतिक समिकरणपछि मात्रै मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *