बारा-१ : कांग्रेस सहमहामन्त्री पराजित गर्दै एमालेका मैनाली निर्वाचित

काठमाडाैँ । बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनाली विजयी भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणामअनुसार एमालेका मैनालीले ३९ हजार १ सय ९५ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *