निवर्तमान सांसदलाई हराएर कास्की ३ (ख) बाट कांग्रेसका बराल निर्वाचित

पोखरा । कास्की ३ (ख) बाट कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन् । बरालले एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् । बरालले ४ सय ६५ मत अन्तरले हराएका हुन् ।

बरालले १२ हजार ३६७ मत ल्याउँदा  पहारीले ११ हजार ९०२ मत ल्याए । पहारी सोही क्षेत्रबाट अघिल्लो पटक निर्वाचन जितेका थिए । पहारी अहिले पराजित भए । यस्तै, राप्रपाका हरिराम भण्डारीले २ हजार ५६० मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *