गण्डकीमा ३१ सिट टुंगियो : कांग्रेस १५, एमाले १० मा विजयी

पोखरा । गण्डकीमा प्रदेश सभातर्फ ३१ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये ३१ क्षेत्रको टुंगो लाग्दा कांग्रेसले १५ सिट जितेको छ ।

एमालेले १० सिट जित्दा माओवादीले ५ सिटमा विजय हासिल गरेको छ । मनाङको एक सिटमा स्वतन्त्रले जितेका छन् । कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ  १(क), तनहुँ २ (ख), मनाङ १ (क) मा जितेको हो । यसैगरी कास्की २ (ख), नवलपुर १ (क), लमजुङका दुवै क्षेत्रमा विजय हासिल गरेको छ ।

एमालेले नवलपुर १ को (ख), २ (क) र (ख), कास्की १ (ख), २ (क) र ३ (क) तथा तनहुँ २(क) मा चुनाव जितेको छ । पर्वतका दुवै क्षेत्रमा एमालेले विजय निकालेको छ । स्याङ्जा १ (क) मा पनि एमालेले जितेको छ । माओवादीले गोरखा १ (क) र २ (क) तथा म्याग्दीका दुवै क्षेत्रमा जीत निकालेको छ । तनहुँका १ (ख) मा पनि माओवादीले जितेको छ ।

मनाङ (ख)मा भने राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए । अब कास्कीका २ र स्याङ्जाका ३ क्षेत्रको परिणाम आउन बाँकी छ । कास्कीको गणना अन्तिम अवस्थामा पुगेको छ । स्याङजाका २ क्षेत्रमा गणना नै सुरु भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *