रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह विजयी

रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह निर्वाचित भएका छन् ।

उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवाललाई पराजित गरेका हुन् ।

एमाले छाडेपछि काँग्रेस र माओवादीको साथ लिएका साहले ३२ हजार ४३७ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी माछा चुनाव चिह्नका अग्रवाल २५ हजार २०० मतमा समेटिए। त्यस्तै माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *