भोजपुर : शेरधनले सुदनलाई भेटाउन सकेनन्, फराकिलो अग्रता कायम

काठमाडौँ । भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किरातीले अग्रता कायम राखेका छन् ।

किरातीले २४ हजार ९ सय ६६ मत ल्याएका छन् । उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका शेरधन राईले २२ हजार २ सय ७१ मत प्राप्त गरेका छन् ।

उनीहरुको मतान्तर २ हजार ६ सय ९५ रहेको छ । सुरुवात देखिनै किरातीले अग्रता कायम गरेका थिए । पछिल्लो समय किरातीले ठुलो मतान्तरले लिड गरिरहेका छन् । एक मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको भोजपुरमा यसअघि पनि किराती विजयी भएका थिए । शेरधन भने प्रदेश १ का पूर्व मुख्यमन्त्री हुन् ।

अब गन्न बाकी मत ८ हजार भन्दा माथि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *