चुनाव हारेपछि कास्की कांग्रेसका कार्यकर्ताद्वारा नेताविरुद्ध नाराबाजी

पोखरा । कास्की क्षेत्र नम्बर १ (ख) मा गठबन्धनबाट कांग्रेसले टिकट पाएको थियो । चुनावमा प्रतिस्पर्धा  गरेका दीपक गुरुङ झिनो मतान्तरले पराजीत भए ।

जिल्लाभरी कांग्रेसको बलियो क्षेत्र मानिएको यहाँ करिव ५ हजार मत गठबन्धनको पक्षमा बढी थियो । तर गुरुङ ८ सय ६७ मतले हारे । चुनाव हारेपछि उनका समर्थकहरु कांग्रेस नेता विरुद्ध नाराबाजीमा उत्रिएका छन् ।

बिहीबार साँझ पोखरा १३ स्थित कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीको घर उनीहरुले घेराउ गरेका हुन् । केसीले विपक्षीसँग साँठगाँठ गरेर आफ्ना उम्मेद्वार हराउन लागेको उनीहरुको आरोप छ । उनीहरुले ‘अन्तरघाती मुर्दावाद’ भन्दै नारा लगाएका छन् । गुरुङलाई जिल्लामा केसी निकट मानिन्छ । तर, उनै केसीले हराएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *