ओली र प्रचण्डबीच फोनवार्ता, एकअर्कालाई दिए बधाई   

काठमाडौँ । चुनावअघि पानी बाराबारको अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवादको सुरुवात भएको छ । अध्यक्ष ओलीका प्रेस सल्लाहकार राजन काफ्लेले दुवै अध्यक्षबीच फोन वार्ता भएको पुष्टि गरेका छन् ।

बिहीबार ओलीले प्रचण्डलाई फोन गरेर प्रतिनिधि सभा निर्वाचनमा भएको जितका लागि बधाई दिएका हुन् । त्यस्तै, प्रचण्डले पनि ओलीलाई बधाई दिएका छन् ।

माओवादी केन्द्र नेपाली कांग्रेससहितका ५ दलसँगको गठबन्धनमा चुनावी प्रतिस्पर्धामा गएको थियो । तर, चुनावमा सोचेजस्तो जितको नतिजा हात पार्न नसक्दा माओवादी केन्द्र अब फेरि नेकपा एमालेसँग नै सरकारमा जान तालमेल गर्न सक्ने आकलनका बीच यी दुई अध्यक्षबीच बोलचाल सुरु भएको हो ।

त्यस्तै, ‘मंसिर चार, ओली सरकार’ भनेर चुनावी नारा दिई राप्रपासहितका दललाई साथ लिएर निर्वाचनमा होमिएको एमालेले पनि सोचेजस्तो परिणाम नल्याउने देखिएकाे छ । यही पृष्ठभूमिमा सरकार बनाउनकै लागि भए पनि अध्यक्ष ओली लचिलो भएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *