पाँचथर : भीष्मराजले वसन्तलाई उछिने, कस्को कति मत ?

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत पाँचथरमा पुन गठबन्धनले अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वेले २४ हजार ४ सय ५६ मत ल्याएका छन् । उनका निकटम प्रतिद्धन्दी एमालेका वसन्तकुमार नेम्बाङले २३ हजार ९ सय २४ मत प्राप्त गरे ।

यतिखेर नेम्वाङ र आङदेम्वेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । आङदेम्बेले हाल ५ सय ३२ मतले लिड गरिरहेका छन् ।

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा जम्मा खसेको मत ७५,हजार ३ सय ५२ मत खसेको थियो । हालसम्ममा ५६ हजार ३ सय ४८ मत गणना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *