बाँकेको १ : अथकलाई पराजित गर्दै एमालेका सूर्य विजयी

नेपालगञ्ज । बाँकेको क्षेत्र नं १ मा नेकपा एमाले बाँकेका सूर्य ढकाल विजयी भएका छन् । उनी २५ हजार २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए ।

लोकतान्त्रिक–वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकलाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उनी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गहतराजले १९ हजार छ सय ३२ मत पाएका छन् । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्टिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेका छन् । तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । उक्त क्षेत्रको प्रदेशसभातर्फको मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =