समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीको ३ लाख १६ हजार मत, अन्यको कति ?

काठमाडौँ । समानुपातिकमा एकीकृत समाजवादीको ४० हजार मत कटाएको छ । यता नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन पद्धतितर्फ ६ लाख मत कटाएको छ ।

निर्वाचन आयोगले विहीबार अपरान्ह अपडेट गरेको मत परिणाम अनुसार एमालेले ६ लाख २७ हजार
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ९२ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख १६ हजार, नेकपा माओवादी केन्द्रले २ लाख ८४ हजार मत पाएको छ ।

त्यस्तै राप्रपाले १ लाख ७१ हजार, जनता समाजवादी पार्टीले ७६ हजार, नेपाल मजदुर किसान पार्टीले ५१ हजार, जनमत पार्टीले ५० हजार, नागरिक उन्मुक्ति पार्टीले ४९ हजार र एकीकृत समाजवादीले ४१ हजार मत पाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =