म्याद सकियाे म्यादीकाे, भयाे बिदाई (तस्बिरहरु)

काठमाडाैँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि ४० दिनको सेवा अवधिसहित भर्ना लिइएका म्यादी प्रहरीको आजदेखि म्याद सकिएको छ । सरकारले शान्तिपूर्ण तवरबाट निर्वाचन सम्पन्न गराउन १ लाख १५ हजार म्यादी भर्ना लिएको थियो । म्यादी प्रहरीले प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिनसम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरीदिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ पाउने छन्, भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम रासन दररेट अनुसारको रकम पाउनेछन् । म्यादी प्रहरीले तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट पाएका थिए । हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रतिव्यक्ति थप १ हजार रुपैयाँ दिइएको थियो । आज प्रहरी वृत्त बौद्ध अन्तर्गत रहेका २३३ जवान म्यादी प्रहरीको, एक कार्यक्रमबीच प्रहरी उपरीक्षक दिनेशराज मैनाली र बौद्ध प्रहरी प्रमुख प्रनाउ हरिबहादुर बस्नेतले प्रमाणपत्र प्रदान गरी बिदाइ गरिएको छ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *