हारेपछि कमल थापाले ओलीलाई भने– तपाइँको विश्वास जोगाउन नसकेकोमा दुःखी छु

काठमाडौँ । आफ्नो पुरानो पार्टी राप्रपा त्यागेर नेकपा एमालेबाट चुनाव लडेका कमल थापाले पराजयबाट दुःखी भएको जनाएका छन् ।

मकवानपुर १ मा राप्रपाकै दीपकबहादुर सिंहसँग पराजित मात्रै होइन, तेस्रो भएपछि थापाले सामाजिक सञ्जाल फेसबुकका स्टाटस लेख्दै आफू दुःखी भएको प्रतिक्रिया दिएका हुन् ।

उनले आफूलाई विश्वास गरेकोमा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिँदै ओलीको विश्वास जोगाउन नसकेको दुःखी भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *