पाँचथर : वसन्त र भीष्मराजबीच कडा टक्कर, वसन्त १२ मतले अगाडि

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत पाँचथरमा गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर परिरहेको छ ।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वेले २० हजार ३ सय ८० मत पाएका छन् । भने नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङले २० हजार ३ सय ९२ मत पाएका छन् ।

यतिखेर नेम्वाङ र आङदेम्वेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । नेम्वाङ आङदेम्बे भन्दा १२ मतले अगाडि छन् ।

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा जम्मा खसेको मत ७५,हजार ३ सय ५२ हो । हालसम्ममा
४७ हजार ४ सय ९१ मत गणना भएको छ । भने गणना गर्न बाँकी मत २७ हजार ८ सय ६१ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =