मकवानपुर १ मा कमल थापा र डिनालाई हराउँदै राप्रपाका दीपक सिंह विजयी
२०७९ मंसिर ८ गते

काठमाडौँ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंह विजयी भएका छन् । सत्ता गठबन्दधनबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) र नेकपा एमालेबाट चुनाव लडेका कमल थापालाई हराउँदै सिंह विजयी विजयी भएका हुन् ।
सिंहले २७ हजार ८१६ मत प्राप्त गरे । डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन् । कमल थापाले २५ हजार ४२० मत पाए ।
२ हजार ३९६ मतान्तरले सिंह विजयी भएका हुन् । लगातार ४ पटक चुनाव हारेका सिंह पाचौँ प्रयासमा विजयी भएका हुन् ।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित









