रौतहट ३ : प्रभु साहको फराकिलो अग्रता

गौर । रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले महागठबन्धनका उम्मेदवार ओमप्रकाश जयसवाल विरुद्ध ५ हजार १०३ मतले अग्रता कायम राखेको छ । प्रभु साहको वडामा साहले ८७० मत पाउँदा भने निकटतम प्रतिन्द्वन्द्वी जयसवालले जम्मा ८ मत हासिल गरेका छन् ।

हालसम्म साहले २१ हजार ३०६ मत प्राप्त गर्दा ओम प्रकाशले १६ हजार २०३ मत हासिल गरेको छ भने माओवादी केन्द्रका उम्मेदवार रविन्द्र पटेलले ६०७३ मत हासिल गरेको छ । नेकपा एमालेको टिकटबाट चुनाव नलडी यस क्षेत्रबाट प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

स्वतन्त्र उम्मेदवार साहलाई कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो । तर सत्ता गठबन्धनका घटक पार्टीहरुले अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाललाई समर्थन गरेका थिए । नेपाली कांग्रेसको जिल्ला सभापति समेत रहेका प्रदेशसभा उम्मेदवार जितेन्द्र यादव, नेकपा माओवादी केन्द्रका नेताहरु विन्देश्वर यादव, रामप्रवेश यादव, नसरुद्दिन अन्सारीलगातय, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल यादव, प्रदेशसभा उम्मेदवार एवम् प्रदेश सरकारको राज्यमन्त्री नागेन्द्र यादव, रोजदिन आलम, वृज यादव लगायतका नेताहरुले स्वतन्त्र उम्मेदवार ओम प्रकाशलाई साथ दिएका थिए । उनीहरु नै यस क्षेत्रका सत्ता गठबन्धनमा मुल नेतृत्व हुन् ।

सत्ता गठबन्धनका साथै नेकपा एमाले र जनता समाजवादी पार्टीले समेत प्रभु साहलाई चुनाव हराउन बैठकबाट नै निर्णय गरी ओम प्रकाशलाई समर्थन दिएका थिए । त्यसैले ओम प्रकाशलाई महागठबन्धनको उम्मेदवारको रुपमा चित्रण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =