तोसिमाको जितले मतदाता र समर्थकलाई दिएको खुसी (तस्बिरहरु)

काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले आफूले जीतेको भन्दा बढी जिम्मेवारीको महसुस गरेको बताएकी छन् ।

उनले मतदाता र समर्थक माझ बिहीबार भनिन्, ‘यो जित होइन, महत्वपूर्ण जिम्मेवारी हो । जिम्मेवारी यात्राको सुरुवात भएको छ । सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्न लाग्ने छु ।’

उनले जनताले गरेको आशालाई निराशामा परिणत हुन नदिने र गरेको विश्वासलाई घात गर्न नदिने प्रतिवद्धता जनाएकी छन् । उनको विजयमा उनलाई मत दिएका मतदाता र समर्थकले वियय उत्सव मनाइरहेका छन् ।

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *