भक्तपुरको रोचक चुनावी इतिहास : १ नेमकिपाको कब्जामा, २ मा सधैँ नयाँ अनुहार

भक्तपुर । जम्मा दुई ओटा निर्वाचन क्षेत्र रहेको भक्तपुरको चुनवी इतिहास साह्रै रोचक छ । एउटै जिल्लाका यी दुई निर्वाचन क्षेत्रमा दुई विपरीत प्रवृत्ति देखिन्छ ।

देशमा बहुदलीय प्रजातन्त्रको पुनः स्थापनापछिको पहिलो निर्वाचन अर्थात् २०४८ सालको आम निर्वाचनदेखि यताका हरेक निर्वाचनमा भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी हुँदै आएका छन् ।

यहाँबाट २०४८ को आम निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे रोहित विजयी भए । २०५१ को मध्यावधि आम निर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधिनसभा निर्वाचन, २०७० को संविधानसभा निर्वाचन गरी ५ पटक यो क्षेत्रबाट विजुक्छेले चुनाव जिते । २०७० पछि भने उनी सक्रिय राजनीतिबाट विश्राम लिएर आफ्नो उत्तराधिकारीको रुपमा प्रेम सुवाललाई यो क्षेत्रबाट उठाए । सुवालले पनि २०७४ र हाल २०७९ को आम निर्वाचन गरी २ पटक यो क्षेत्रबाट निर्वाचन जितेका छन् । यसरी भक्तपुर १ बाट लगातार ७ वटा निर्वाचनमा नेमकिपाको एकलौटी जित देखिएको छ । ७ पटकको निर्वाचनमा यो क्षेत्रबाट जम्मा दुई जना उम्मेदवार विजयी भएका छन् । यस अर्थमा भक्तपुर १ का मतदाताले नेमकिपालाई असाध्यै माया गरेको देखिएको छ । सायद यहाँबाट जितेका प्रतिनिधि विजुक्छे र प्रजापतिले जनभावना अनुसार काम गरेका छन् । जनताको विश्वास जितेका छन् ।

तर, भक्तपुर–२ का आम मतदाताको रुची, मत र प्रवृत्ति भने यसको ठ्याक्कै विपरीत देखिन्छ । भक्तपुर २ मा २०४८ सालमा नेपाली कांग्रेसका जगन्नाथ आचार्यले निर्वाचन जिते । त्यस्तै, २०५१ सालमा नेमकिपाका आशाकाजी बासुकलाले जिते । २०५६ मा नेपाली कांग्रेसकै लेखनाथ न्यौपानेले जिते ।

त्यसपछि २०६४ मा नेमकिपाकै सुनिल प्रजापतिले जिते । २०७० मा नेपाली कांग्रेसका रमेश्वर ढुंगेलले निर्वाचन जिते । २०७४ मा एमालेका महेस बस्नेतले जिते । २०७९ मा फेरि कांग्रेसका दुर्लभ थापाले जितेका छन् ।

भक्तपुर १ मा पञ्चायतकालीन किसान आन्दोलनपछि बनेको नेमकिपाको जनसंगठन बलियो रहेको र जनप्रतिनिधिले गर्ने लोकप्रिय कामले यहाँ नेमकिपालाई सधैँ जित मिलिरहेको छ । तर, भक्तपुर २ मा नेककिपाको र अन्य दलको पनि संगठन बलियो नहुँदा निर्वाचन फरक फरक पार्टी र सधैँ नयाँ अनुहारले जित्ने गरको विश्लेषण स्थानीयले गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =