सोलुखुम्बु : नेकपा एमालेका मानवीर विजयी

काठमाडौँ । सोलुखुम्बुबाट नेकपा एमालेका मानवीर राई विजयी भएका छन् । एक मात्र प्रतिनिधिसभा रहेको सोलुखुम्बुमा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका हुन् ।

उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए ।

केसी तीन पटक मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =