इलाम १ : मंगलबार रातिबाट रोकिएको मतगणना सुरु भएन

काठमाडौँ । इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना हुन सकेको छैन् । मंगलबार रातिबाट रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन् ।

कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।

पटक पटक सर्वदलीय बैठक बसेको भएपनि मतगणनाको विषयमा रहमती जुट्न सकेको छैन् ।

मंगलबार राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन । सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि परेका थिए । उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका छन् । बस्नेतले १० हजार २ सय ८७ मत प्राप्त गरेका छन् भने खनालले ८ हजार ७ सय ८० मत प्राप्त गरेका छन् ।

यो पनि

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =