३४ हजार मतको अग्रताले रवि लामिछाने निर्वाचित
२०७९ मंसिर ८ गते

चितवन । चितवन क्षेत्र नं २ मा रवि लामिछाने निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने ३४ हजार भन्दा बढी मतको अग्रताले विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् ।
यस्तै, गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका नेता हालका राज्यमन्त्रीसमेत रहेका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् । एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याएका छन् । चितवनमा केहीबेरमा रवि लामिछानेको विजयी जुलुस निकाल्ने तयारी भइरहेको छ ।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








