नवलपुर १ (ख) मा एमालेका गाहा विजयी

पोखरा । नवलपुर क्षेत्र नम्बर १ (ख) बाट नेकपा एमालेका रोशन बहादुर गाहा थापा विजयी भएका छन् । उनले माओवादीका लोक प्रसाद भुर्तेललाई ३ हजार ७ सय १३ मत अन्तरले पराजीत गरे ।

गाहाले १७ हजार ८ सय २३ मत पाए भने भुर्तेलले १४ हजार १ सय १० मत पाए । गाहा दोश्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पनि सोही क्षेत्रबाट उनी निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *