मकवानपुरमा हारे विरोध खतिवडा, एमालेका बर्तौला निर्वाचित

नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौला सँग पराजित भएका छन् ।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी भएका हुन् । बर्तौला ले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार तीन सय ९४ मत प्राप्त गरे ।

यस क्षेत्रमा प्रदेशका दुवै सिट गठबन्धनले जितेको छ । २ को ‘१’ मा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत रहेकी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तान विजयी भइन् भने २ को ‘२’ मा नेपाली काँग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ निर्वाचित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =