गोरखा-१ बाट कांग्रेसका राजेन्द्र बजगाईँ विजयी

पोखरा । गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसका राजेन्द्र बजगाईँ विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार बजगाईँले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मत अन्तरले हराएका हुन् ।

बजगाईँले ३३ हजार ४ सय २८ मत पाउँदा बस्नेतले १६ हजार ७ सय ८५ मत पाए । निर्वाचित भएपछि बजगाईँले लोकतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदलाई सम्झिएका छन् ।

‘खुल्ला राजनीति, लोकतन्त्र स्थापनार्थ आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीद र अहोरात्र दुःख गर्ने सबै तह र वर्ग प्रति हार्दिक आभार प्रकट गर्दछु । म ऋणी छु,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *