लमजुङ १ (ख) मा कांग्रेसका पौडेल विजयी

पोखरा । लमजुङको प्रदेश सभा (ख) बाट कांग्रेसका भेषबहादुर पौडेल विजयी भएका छन् । पौडेलले एमालेका कृष्ण अधिकारीलाई ७ सय ५४ मत अन्तरले हराएर विजयी भएका हुन् ।

पौडेलको १९ हजार ५ सय ५७ मत आउँदा अधिकारीले १८ हजार ८ सय ३ मत मात्रै पाए । सुरुदेखि नै यहाँ अधिकारीले अग्रता लिएका थिए । तर बेंसिशहर नगरपालिकामा पुगेपछि पौडेल अघि लागेका हुन् ।

पौडेल कांग्रेस निवर्तमान सभापति हुन् भने अधिकारी एमालेका जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =