लमजुङमा एमालेका पृथ्वीसुब्बा विजयी, हारे देव गुरुङ
२०७९ मंसिर ८ गते

पोखरा । निकै चर्चाका रूपमा हेरिएको लमजुङको प्रतिनिधि सभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । पिएसले माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मत अन्तरले हराएका हुन् ।
पिएसले ३४ हजार ९ सय ६९ मत पाउँदा देवले ३१ हजार ७ सय ८९ मत पाए । एमाले र माओवादीका चर्चित उम्मेदवार भएका कारण लमजुङलाई सबैले बढी महत्व दिएका थिए ।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








