कास्की २ (ख) मा कांग्रेसका थापा दोस्रो पटक निर्वाचित

पोखरा । कास्की २ (ख) मा कांग्रेसका विन्दुकुमार थापा दोस्रो पटक निर्वाचित भएका छन् । निकै कठिन ठानिएको यो क्षेत्रमा थापाले अप्रत्याशित जित निकाले । उनले अघिल्लो चुनावमा भन्दा बढी मतान्तरले जितेका हुन् । उनले एमालेकी मिना गुरुङलाई १ हजार ३ सय १० मत अन्तरले हराएका हुन् ।

विन्दुको ९ हजार २ सय ७९ मत आउँदा मिनाले ७ हजार ९ सय ६९ मत पाइन् । राप्रपाका अरुण गिरीले ३ हजार ९ सय ३ मत पाएका छन् । यहाँ प्रत्यक्ष तर्फ ९ जनाबीच प्रतिस्पर्धा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =