गोरखा २ मा प्रचण्डको जित सुनिश्चित
२०७९ मंसिर ७ गते

गोरखा । चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
आज साँझ ६ बजेसम्मको मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लागेका छन् । कूल ४१ हजार चार सय सात मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत पाएका छन् ।
बुर्लाकोटी अध्यक्ष दाहालभन्दा १२ हजार छ सय ११ मतले पछाडि छन् । त्यस्तै नेकपा (एमाले) का अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा छन् । उनले पाँच हजार छ सय ३६ मत प्राप्त गरेका छन् ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








