बारा ४ मा नेकपा एकीकृत समाजवादीका श्रेष्ठ विजयी

काठमाडौँ । बाराको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् ।

केही मत गन्न बाँकी हुनुअघि नै श्रेष्ठको जीत सुनिश्चित भएको हो । पूर्व श्रम मन्त्रीसमेत रहेका श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार समेत हुन् । श्रेष्ठले २० हजार ९१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका एकवाल मियाले १३ हजार ८ सय ६३ मत ल्याएका छन् ।

यसकाे घाेषणा हुने भने बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *