झापा १ : तेस्रो प्रयासमा विश्वप्रकाश सफल

काठमाडौँ। झापा क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन् । यसअघि दुईपटक लगातार पराजित शर्मा तेस्रोपटकको प्रयासमा सफल भएका हुन् ।

बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए ।

शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =