रुकुम पूर्व : माओवादीका पूर्णबहादुर घर्ती विजयी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ दोस्रो जीत दर्ता गराएको छ । माओवादी केन्द्रबाट रुकुम पूर्वमा उम्मेदवार रहेका पूर्णबहादुर घर्ती मगरले जित हासिल गरेका हुन् ।

उनले १२ हजार २६२ मतका साथ विजय हासिल गर्दा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गरे ।

यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६ मत पाए । सोही जिल्लाको प्रदेशतर्फ १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी भए भने २ मा कांग्रेसका धनबहादुर केसी विजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =