गोरखा १ (क) मा माओवादीका धिताल विजयी
२०७९ मंसिर ७ गते

पोखरा । गोरखा क्षेत्र नम्बर १ (क) बाट नेकपा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन् । उनले एमालेका सुरेन्द्र थापालाई हराएका हुन् ।
धितालले १४ हजार २ सय ७६ मत पाउँदा थापाले ८ हजार ८ सय २ मत पाएका छन् । यहाँका २ प्रदेशसभा क्षेत्र कांग्रेस र २ क्षेत्र माओवादीले जितेको हो ।
गोरखा १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (क) मा माओवादीबाटै फडिन्द्र देवकोटा तथा (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








