गोरखा २ (क) मा नेपाल समाजवादीका देवकोटा विजयी
२०७९ मंसिर ७ गते

पोखरा । गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उनी माओवादी केन्द्रको चुनाव चिन्हमा चुनावी प्रतिश्पर्धा गरेका थिए ।
देवकोटाले एमालेका उम्मेदवार राजु रानालाई पराजित गरेका हुन् । देवकोटाले १० हजार २ सय ४७ मत पाउँदा निकटतम प्रतिश्पर्धी रानाले ४ हजार २ सय ४ मत पाए ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








