दीपशिखाको आरोप- गगन थापाले घण्टीसँग मिलेर गठबन्धनलाई हराए
२०७९ मंसिर ७ गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कांग्रेस महामन्त्री गगन थापाले घण्टीसँग मिलेर गठबन्धनका उम्मेदवारलाई हराएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत दीपशिखाले काठमाडौँ र ललितपुरमा गठबन्धनतर्फ माओवादी केन्द्र र नेकपा एसका सबै उम्मेदवारलाई गगन थापाले घण्टीसँग मिलेर हराएको आरोप लगाए ।
सापकोटाले भनेका छन्, ‘कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्ज्वल प्रसाईँको पुस्तक विमोचनले भनेका थिए- म कालो कांग्रेस हुँ ,हो रहेछ, तपाई र तपाईँको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरूलाई मज्जाले हराउनुभयो । तपाईँलाई आगामी यात्राको शुभकामना ।’ उनले जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








