नवलपुर-२ का दुवै प्रदेशसभामा एमाले विजयी

पोखरा । नवलपुर  क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । २ (क) मा पद्या जिसी र (ख) मा लक्ष्मण पाण्डे विजयी भएका हुन् ।

प्रदेश (क) मा जिसीले १९ हजार ३ सय ७८ ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याए । यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।

त्यसैगरी, प्रदेश (ख) मा पाण्डे भारी मतान्तरले विजयी भएका छन् । उनले १८ हजार ८ सय ६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मत पाए । निर्वाचन क्षेत्र नम्बर १ को १ मा एमालेका रोशन गाहा मगर पनि विजय नजिक पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =