समानुपातिकमा घन्टीले कटायो १ लाख मत, माओवादी चौथो
२०७९ मंसिर ७ गते

काठमाडौँ । समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि जारी मतगणनामा ८ लाख माथि मतको गणना सकिएको छ ।
हालसम्मको परिणाम अनुसार नेकपाले अग्रता कायम राखेको छ ।नेकपा एमालेले २२३८१३ प्राप्त गरि अग्रता कायमै राखेको छ ।
पार्टीगत विवरण
काँग्रेसले २०१३५२ मत प्राप्त गरी दोस्रो स्थान कायम गरेको छ।
तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख मत कटाएको छ। घण्टी चिन्ह भएको उक्त पार्टीले १०२८२४ मत मत पाएको छ ।
चौथो स्थानमा रहेको माओवादीले ९३४६१ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५२७८५ मत पाएको छ ।
जनता समाजवादी पार्टीले १७०४६ मत पाएको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले १६३७६, नेपाल मजदुर किसान पार्टी १३६६३, नेकपा (एकीकृत समाजवादी) १२१२९, नागरिक उन्मुक्ति पार्टी १०७२६ मत पाएको छ।
अन्य दलहरूले ४६६१३ मत पाएका छन्।
मत गणना जारी छ ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








