लमजुङ: पिएस र देव गुरुङको मतान्तर ३ सय ८ मात्रै

पोखरा । सर्वाधिक चासोको क्षेत्र लमजुङको प्रतिनिधि सभामा माओवादीका देव गुरुङले मतान्तर घटाइरहेका छन् । बेशिसहरका केही वडा र मर्स्याङ्दी गाउँपालिकाको मत गन्न बाँकी हुँदा एमालेका पृथ्वीसुब्बा गुरुङ जम्मा ३ सय ८ मतले अगाडी छन् ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बाले हालसम्म २२ हजार ४ सय ३८ मत ल्याउँदा माओवादीका महासचिव देवप्रसादले २२ हजार १ सय ३० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसी ५ हजार ७ सय ४८ मत सहित तेस्रो स्थानमा छन् । अरूले १ हजार मत पनि कटाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =